Swiss Create Business Manager

उधमिहरु, परोपकरिहरु, परियोजना प्रबन्धक र परामर्शदाताहरुको निम्ति व्यवस्थापनका औजारहरु

साधारण, व्यावसायीक, लचकदार

गरिब - न्यूनीकारण गर्ने लक्ष्य सहित खडा भएको स्विस परामर्श समुहको व्यवसाय विकास गर्ने शाखा हो। हाम्रो बारेमा

उपकरणहरु

व्यवसाय योजना देखि बहु परियोजना व्यवस्थापन

Swiss Create Business Manager ले एक आदर्श परामर्श उपकरणको रुपमा व्यवसाय शुरू, परियोजना व्यवस्थापन र मूल्यांकन गर्न मद्दत गर्दछ।

थप जानकारी

हाइलाइट

लचकता

सबै भागहरुमा (Modules) प्रयोग भएको पूर्वनिर्धारित सामग्रीहरुलाई सफलतापूर्वक परीक्षण गरि अभ्यास गरिएका छन्। तपाईंले यसमा भएको कतिपय कुराहरुलाई सहजै परिमार्जन गर्न सक्नुहुन्छ।

परियोजनाहरु

एकभन्दा बढी व्यवसायहरु र समानन्तर परियोजनाहरु व्यवस्थापन गर्न धेरै SCBM परियोजनाहरू सिर्जना गर्न सक्नुहुन्छ । प्रत्येक परियोजनाका लागि तपाईं सबै भागहरु (Modules) प्रयोग गर्न सक्नुहुन्छ।

प्रतिवेदनहरू

तपाईले छुटा छुटै मोड्युलहरू छाप्न सक्नुहुन्छ अथवा मोड्युलहरू छानेर पूर्ण रिपोर्ट पनि तयार गर्न सक्नुहुन्छ। शीर्षक पृष्ठ र अन्तमा थपिएको खण्ड सजिलै सम्पादन गर्न सकिन्छ। प्रतिवेदनहरू विशिस्ट देखिन्छन् र पिडीएफ फाइलहरूमा तयार पार्न सकिन्छ।

सहकार्य

तपाइले SCBM परियोजनालाई अन्य प्रयोगकर्तासंग पनि शेयर गर्न सक्नुहुन्छ (उनीहरु स्वतन्त्र प्रयोगकर्ता हुन सक्छन्)। यही विशेषताले गर्दा SCBM परामर्शको लागि अति उपयोगी रहेको छ। तपाईंले प्रत्येक ग्राहकहरुको लागि व्यक्तिगत मोड्युलहरू तयार पार्न सक्नुहुन्छ र तिनीहरूले आफ्नो जवाफ छुटा छुट्टै दिन सक्छन्।

सबै टोली सदस्यहरुले मोड्युलमा आफ्नो टिप्पणी लेख्न सक्छन्।

आफ्नै नमुनाहरु (टेम्प्लेट)

तपाइले परिमार्जन गरेका मोड्युलहरू निजी प्रयोजन लागि टेम्प्लेटको रूपमा सुरक्षित (Save) राख्न वा अन्य प्रयोगकर्ताहरूसँग साझेदारी (Share) गर्न सक्नुहुन्छ।

क्लाउड (बादल)

SCBM लाई क्लाउडबाट प्रयोग गरिन्छ यसकालागि तपाईंलाई आधुनिक वेब ब्राउजर र इन्टरनेट जडान गरेको हुनुपर्छ। तपाईंले कुनै पनि कम्प्युटरबाट स्थापना (Installation) बिनानै आफ्नो खातामा प्रवेश गर्न सक्नुहुन्छ। सबै डेटा क्लाउडमा भण्डारण गरिएको कारण प्रयोगकर्ता बीच डेटा साझेदारी (Share) गर्न सजिलो छ। क्लाउड (बादल) दैनिक सर्भरमा होस्ट गरिएकोले जगेडा रुपमा काम गर्छ।

थप सामाग्री

"उधमिहरुको निम्ति दस आज्ञा" मारियो ब्रुल्लमन द्वारा लेखित पूर्ण पुस्तक डाउनलोडको लागि उपलब्ध छ।

मारियो ब्रुल्लमन एक प्रसिद्ध अन्तर्राष्ट्रिय व्यवसायीक परामर्शदाता हुनुहुन्छ। यो पुस्तकले व्यवसायलाई सफलतापूर्वक संचालन गर्न आवश्यक संक्षिप्त जानकारी दिन्छ। यो पुस्तक पढ्न सजिलो र अभ्यास उन्मुख छ।

थप जानकारी

भाषाहरु

SCBM पहिले देखि नै धेरै देशहरूमा प्रयोग भइरहेको छ। हालसम्म निम्न भाषाहरुमा संचालित छन् :

  • अंग्रेजी
  • जर्मन
  • रूसी
  • रोमानियाली
  • भियतनामी
  • नेपाली

तपाई अन्य भाषामा SCBM अनुवाद गर्न चाहनुहुन्छ?
कृपया हामीलाई सम्पर्क गर्नुहोस


SCBM कसले प्रयोग गर्नुपर्छ ?

स्विट्जरल्याण्डमा, SCBM मुख्य रूपमा SME र NPO प्रबन्धकहरूले प्रयोग गरेका छन्। अन्य देशहरूमा, यो सुरुवातमा रहेको व्यवसायहरुले प्रयोग गरेका छन्। SCBM औपचारिक व्यावसायिक शिक्षा नलिएका मान्छेले पनि सजिलै प्रयोग गर्न सक्छन्।

उद्ममिहरु

व्यवसाय विस्तार र निर्माण गर्दाको सबै प्रक्रियाहरूमा SCBM ले समर्थन गर्दछ।

  • सुरुवातम
  • व्यवसाय मोडेल विकास
  • रणनीति विकास
  • जोखिम व्यवस्थापन
  • बजार
  • प्रक्रिया अनुकूलन

परियोजना प्रबन्धकहरू

SCBM ले विभिन्न परियोजना चरणहरु र कार्यमा तपाईंलाई साहायता गर्दछ।

  • परियोजना परिभाषित गर्ने
  • लगानीकर्ताले खोज्ने र पत्यार पार्र्ने
  • सफलतापूर्वक परियोजना अगुवाई गर्ने
  • लागत र जोखिम कम गर्ने
  • परियोजनाको अनुगमन र मूल्यांकन

परामर्शदाता र सल्लाहकार

एक परामर्श उपकरण रूपमा SCBM लाई प्रयोग गर्नुहोस्। तपाईं सजिलै संग आफ्नो ग्राहकहरुको आवश्यकता अनुरूप व्यापार मोडेल, जोखिम विश्लेषण आदि प्रश्नहरूको परिमार्जन गर्न सक्नुहुन्छ।

  • आफ्नो ग्राहकहरु को लागि प्रयोगकर्ता अनुकूल उपकरण
  • निर्देशित प्रश्नावलीहरु
  • छाँटकाँट गर्न सजिलो
  • इन्टरनेटबाट टीम को काम
  • सरल कार्य व्यवस्थापन
  • व्यावसायिक प्रतिवेदन

परोपकार र NPO

एक सरल र प्रभावकारी तरिकाले सबै प्रकार को दान परियोजनाहरूको विकास र वर्णन गर्नुहोस।

  • दान परियोजनाहरू रचना
  • वित्तदान परियोजनाहरू
  • परियोजना व्यवस्थापन
  • अन्य देशहरूको साझेदार संग सहकार्य
  • परियोजना टेम्प्लेट परीक्षण र प्रयास
  • बहु परियोजना व्यवस्थापन

प्रशिक्षक र विद्यार्थीहरू

विद्यार्थीहरुले SCBM को सहायताले आफ्नो व्यवसाय प्रशासन ज्ञान को अभ्यास गर्न सक्नुहुन्छ।

तपाईं उद्योग विद्यालय वा मास्टर तालीम मा एक शिक्षक हो भने आफ्नो शिक्षामा SCBM को प्रयोग गर्नुहोस्।

हामीलाई आफ्नो वर्तमान विद्यार्थी वा शिक्षक कार्ड को स्क्यान पठाएर छुट प्राप्त गर्न सक्छ।

गवाहीहरु

  • SCBM ले COM लाई पूर्वी युरोप र एशियामा आफ्नो साझेदारहरु माझ एक उच्च शैक्षिक कार्यक्रम प्रस्ताव गर्न सक्षम बनाएको छ ।

    जर्ज डुबी, COM को निर्देशक
  • मेरो लागि, SCBM देशहरूमा संचालित ४० परियोजनाहरू व्यवस्थापन गर्न एउटा आदर्श उपकरण साबित भएको छ ।

    गल्लुस तानहैमर, परियोजना प्रबन्ध
  • विशेष गरी SCBM क्लाउड सफ्टवेयर द्द्वारा संचालित । म जुनसुकै देश मा रहेर पनि आफ्ना सेवाग्राही हरु सँग काम गर्न सक्छु साथै हरेक कम्प्युटर मा जस्तो की Apple वा Windows मा ।

    अलेक्जेन्डर मुक्सेल, व्यापार परामर्शदाता
  • संक्षेप मा व्यापार प्रशासन ABC एक शानदार उपकरण हो !

    Andrea Simeon, Betriebsleiterin Stiftung Scalottas
तपाईंलाई SCBM कस्तो लाग्छ हामीलाई जानकारी दिनुहोस्

हामीलाई प्रतिक्रिया दिनुहोस्!

 

अब सुरु गर्नुहोस्।

आफ्नो सफलताको लागि SCBM ले दिने फाइदा प्रयोग गर्नुहोस्