भिडियो ट्यूटोरियल

स्विस क्रिएट बिजनेस म्यानेजर कसरी प्रयोग गर्ने भनेर जान्नको लागि हाम्रो निःशुल्क भिडियो ट्यूटोरियल हेर्नुहोस्।

SCBM को परिचय
  • SCBM के हो? कसले प्रयोग गर्न चाहानुहुन्छ?
  • उपलब्ध मोड्युलहरू (उपकरणहरू)
  • आधारभूत सम्पादन
  • उदाहरणहरू: व्यवसाय मोडेल, जोखिम विश्लेषण, लगानी गणना, व्यवहार शैलीहरू
  • पीडीएफ निर्यात
  • सहकार्य
सम्पादन (उदाहरण: SWOT विश्लेषण)
  • परियोजनाको सिर्जना
  • SWOT विश्लेषण सिर्जना
  • पाठ सम्पादन
  • पीडीएफ तयार
  • किबोर्ड सर्टकटहरू

सहकार्य

  • अर्को प्रयोगकर्ताको साथ प्रोजेक्ट शेयर गर्नुहोस्, फ्री प्रयोगकर्ताहरूलाई पनि
  • तपाईंको ग्राहकको लागि मोड्युलहरू समायोजन गर्न प्रशासक मोडको प्रयोग गर्नुहोस्
  • टिप्पणी थप गर्नुहोस्
  • दुई प्रयोगकर्ताहरूले त्यही मोड्युल एकै समयमा सम्पादन गर्दा आउने समस्या समाधान गर्नुहोस्
  • परियोजनाको भाषा परिवर्तन गर्नुहोस्

सहयोग

यो पृष्ठमा हामी तपाइले सोधेको प्रश्नहरूको जवाफ दिन्छौ। तपाईंलाई थप सहायताको आवश्यकता परेमा, हामीलाई यहाँ सम्पर्क गर्नुहोस

भुक्तानी र प्रयोगकर्ता खाता

भुक्तानीले कसरी काम गर्छ?

तपाइले नि:शुल्क प्रयोगकर्ताको रूपमा दर्ता गरेपछि सेटिङमा गएर "लाइसेन्स किन्न" छनौट गर्नु आवश्यक छ। तपाइले क्रेडिट कार्ड वा बिल बाट अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ । सबै मूल्यहरु USD मा छन् लाइसेन्स 12 महिनाको लागि खरिद गर्न सकिन्छ । आफ्नो लाइसेन्स समाप्त हुन अघि, तपाईलाई एउटा सम्झाउने इमेल प्राप्त हुनेछ र तपाईंले लाइसेन्सलाई निरन्तरता दिन अर्को भुक्तानी गर्न सक्नुहुन्छ । लागत पूर्ण रुपमा तपाईंको नियन्त्रणमा छ।

मेरो प्रयोगकर्ता नाम वा पासवर्ड हराएमा म के गर्न सक्छु ?

तपाइले लगइन गर्दा त्यहाँ "पासवर्ड भूल" र "प्रयोगकर्ता नाम भूल" को विकल्प देख्नुहुन्छ । यसले तपाईंले आफ्नो खाता खोल्दा उपलब्ध गराएको इमेलको ठेगानामा इमेल पठाउदछ । तपाई को खाता सक्रिय हुनु पर्छ र यसरी इमेल प्राप्त नभएमा स्पाम फोल्डर पनि जाँच गर्नुहोला ।

के म SCBM लाई लेखा सफ्टवेयरको रूपमा प्रयोग गर्न सक्छु ?

तपाइलाई आफ्नो लेखा प्रणालीको लागि, हामी विशेष सफ्टवेयर प्रयोग गर्न सुझाव दिन्छौं जसमा बिलिङ र भुक्तानी आफ्नो देशहरूको सबै कानुनी नियमहरु सँग मिल्नेगरि समावेश गरेको हुन्छ ।

तथापि, SCBM मा समस्या बिनानै सरल तरिकाले लागत र आय गणना

गर्न सकिन्छ ।

SCBM ले SME र परियोजनाहरूको योजना र उत्थानमा केंद्रित भइ विभिन्न गणना हरु जस्तोकी तरलता योजना, पाँच वर्ष वित्त योजना, मुनाफा योजना, नाफा तथा नोक्सान बयान र वासलात प्रदान गर्दछ।

मैले अरू कसैले लागि इजाजतपत्र खरिद गरिदिएर उहाँलाई यो जिम्मा लगाए तर उहाँ अझै पनि एक निःशुल्क प्रयोगकर्ता जस्तो देखिन्छ । किन?

एउटा इमेल त्येस व्यक्तिलाई पठाइएको हुन्छ । उसले इमेल को लिंक लाई पछाउनु पर्छ र नयाँ प्रयोगकर्ताको रूपमा दर्ता गर्नु पर्छ तर अझै पनि तिनीहरू निःशुल्क संस्करणमा देखिनुहुन्छ । यदि तिनीहरूले मोबाइल उपकरणमा चलाएमा वा दर्ता प्रक्रिया अवरोध भएको अवस्थामा र सत्र समाप्त भएमा पनि कहिलेकाहीं यस्तो हुन्छ।

यस्तो समस्याहरू

आएमा आमन्त्रित व्यक्तिले फेरि लाइसेन्स निमन्त्रणा इमेलको लिंकमा गएर सजिलै हल

गर्न सक्छ ।

साथै, तपाईँले पुन निमन्त्रणा पठाउन सक्नुहुन्छ। यसो गर्न आफ्नो लाइसेन्स क्षेत्रमा जानुहोस जहाँ तपाईं ले पठाएको निमन्त्रणा हेर्न सक्नुहुन्छ र पुन पठाउने-बटनमा क्लिक गर्न सक्नुहुन्छ।

SCBM मा काम गर्ने

म मेरो वित्त योजना वा गणनाको लागि काहाँ मुद्रा परिवर्तन गर्न सक्छु ?

रेक परियोजनाको लागि मुद्रा सेट गरिएको छ । यसलाई परिवर्तन गर्न, परियोजनाको सेटिङमा जानुहोस्।


यदि खुला मोड्युलमा मुद्रा तुरुन्तै अद्यावधिक भएन भने बन्द गर्नुहोस र इच्छित मोड्युलमा पुन: खोल्नु होस ।

मैले भाषा परिवर्तन गरे तर त्यहाँ अझै पनि छ अघिल्लो भाषामा केही सामग्री देखा परेको छ। के भएको?

मोड्युलका सामग्रीहरू जस्तै व्यापार योजना आदि सिर्जना गर्दा जुन भाषा सक्रिय थियो तेहि भाषामा सिर्जना गरेका हुन्छन् । पछि यदि भाषा परिवर्तन गरेमा । सम्पादन नगरेका पाठ मात्र नयाँ भाषा मा स्वत अनुवाद भएको हुन्छ । प्रयोगकर्ताले सम्पादन गर्न मिल्ने सबै कुरा जस्तो छ उस्तै रहन्छ। ताकि

सम्पादित कुनै पनि सामग्री नष्ट नहोस भन्ने कुराको सुनिश्चितता गर्दछ । नयाँ मोडेल वा परियोजना बनाउने बित्तिकै , नयाँ भाषा प्रयोग गरिएको हुन्छ । तपाईं पछि यदि भाषा वा मोडेल परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाईँले मोड्युल मेनुमा गएर "लोड पूर्वनिर्धारित" छानेर पूर्वनिर्धारित सामग्री पुन: लोड गर्न सक्नुहुन्छ। यसले हालको सामग्री मेटाउँछ र छानेको भाषामा पूर्वनिर्धारित सामग्रीले प्रतिस्थापन गर्दछ ।

म कसरी व्यापार मोडेलमा प्रश्नहरु र अन्य प्रश्नावलीहरु परिमार्जन गर्न सक्नुहुन्छ?

तपाई एक लाइसेन्स प्रयोगकर्ता भएकोले, उपकरण बटन मा (मोड्युल मेनुमा माथि दायाँ) क्लिक गरेर यो काम गर्न सक्नुहुन्छ ।

यसले कार्यक्रमहरुमा अन्य कार्यहरु थप्दछ । उदाहरणको लागि व्यापार योजना मा बटन थप्नेछ ताकि केहि थप्न, मेट्न वा प्रश्नहरूको सम्पादन गर्न सक्नु हुन्छ ।

मैले एक नयाँ परियोजना सिर्जना गरे तर केही मोड्युलहरु खाली छन् । यो अबस्थामा मैले गर्नु पर्छ ?

पाईंले परियोजना सिर्जना गर्दा, पूर्वनिर्धारित खाका या कुनै पनि खाली परियोजना प्रयोग गर्न सक्नुहुन्छ । साथै तपाईंले र अन्य प्रयोगकर्ताले सिर्जना वा साझेदारी गरेको टेम्पलेट प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले खाली परियोजना छनौट गर्नुभयो भने , सबैजसो मोड्युलहरू सुरु गर्दा खाली हुन्छन् र त्यसमा सामग्री थप्न तपाईलाई समर्थक उपकरणको आवश्यकता पर्दछ ।

बरु यदि तपाईं पूर्वनिर्धारित सामग्री लोड गर्न चाहनुहुन्छ भने, मोड्युल मेनुमा गएर "लोड पूर्वनिर्धारित" बटन छान्न सक्नुहुन्छ ।

अब सुरु गर्नुहोस्।

आफ्नो सफलताको लागि SCBM ले दिने फाइदा प्रयोग गर्नुहोस्