रणनीति

भरपर्दो व्यवसाय र परियोजना विचारहरु पत्ता लगाउने। राम्रो कार्य गर्ने व्यवसायको नमुना विकास गर्ने, स्पष्ट रणनीति र सरल बजारशास्त्रको अवधारणा।

व्यवसायको नमुना

हाम्रो दर्शन के हो? सेवाग्राहीले हाम्रो समान किन खरिद गर्छन्?

हाम्रो यी क्षेत्रहरुमा परीक्षण गरिएका नमुनाहरुले सहि प्रस्न सोध्न तपाईहरुलाई मद्धत गर्छ। तपाईहरुले दश अत्यावश्यक प्रश्नहरूमा आधारित भई राम्रो व्यवसायको संरचना निर्माण गर्न सक्नुहुन्छ।

व्यवसायको रणनीति

हामी कुन दीर्घकालीन लक्ष्यहरु प्राप्त गर्न चाहन्छौ?

तपाई आउदो केहि बर्षको लागि महत्वपूर्ण गतिबिधिहरु निर्धारण गर्नु हुन्छ

परियोजना विवरण

के तपाईको परियोजनाको लागि आर्थिक सहाएता को स्रोतहरु पत्ता लगाउन आवश्यकता छ?

हाम्रो यी लचिलो प्रश्नावली ले तपाईको परियोजनाको महत्त्वपूर्ण पक्षहरुलाई अगुवाई गर्ने काम गदर्छ । तपाई यस्तो अबधारानाहरु विकास गर्नु हुन्छ जसले तपाइको लगानीकर्ता हरुलाई विश्वास दिलाउदछ।

बजारशास्त्र

तपाईले बस्तु, मूल्य, संचार, बन्दोबस्ती, र बजारको मूर्त परिभाषित गतिबिधिहरुको प्रस्नसँग सम्बन्धित बजार रणनीतिको आकार दिनुहुनेछ।

SWOT विश्लेषण

SWOT विश्लेषणले तपाइको स्थिति निर्धारण र रणनीति विकास गर्न सहायता पुराउदछ।

तपाईले आफ्नो व्यवसायको प्रणालीबद्ध तरिकाले बलीयो र कमजोरी पक्षहरुलाई विश्लेषण गर्नुको साथै संभावना र जोखिमहरु पत्ता लगाउनु हुन्छ। SWOT विश्लेषणमा हाल उपलब्ध भएका र नभएका स्रोतहरूको हिसाब राख्ने काम पनि समाबेस भएको हुन्छ।


सफलताको कारकहरु

हाम्रो लागी विशेषज्ञता, संस्थागत संस्कृति, ग्राहक सम्बन्ध र उत्पादन नवीनता कति महत्वपूर्ण छ? यी र अन्य धेरै सफलताको कारकहरुलाई यस भागमा परिभाषित, मापन, महत्व दिएको छ।

तपाईहरुले तयार पारिएका पोर्टफोलियो चार्ट (तस्बिर नक्शा) प्राप्त गर्नुहुन्छ जसमा सबै कारकहरुलाई देखिने गरि अवस्थित गरिएको छ। एक नजरमा तपाइले केमा काम गर्न आवश्यक छ र लगातार सुधार गर्नुपर्ने आधारहरु थाहापाउनुहुनेछ ( KAIZEN)

जोखिम विश्लेषण

सम्भावित जोखिमहरुको पहिचान र यसको सम्भावना र प्रभावहरु अनुमानित गर्ने। तपाईंले एक चित्रमय जोखिम परिदृश्य प्राप्त गर्नु हुन्छ।

तपाई यस्ता कार्यहरू विकास गर्नुहुन्छ जसले सम्बन्धित जोखिम बाट जोगिन र यसको प्रभावलाई कम गर्न सहयोग गर्छ।

अवसरहरू

एक रचनात्मक र विश्लेषणात्मक प्रकियाद्वारा तपाइले आफ्नो व्यवसाय र परियोजनाको अवसरहरू खोजि गर्न सक्नु हुन्छ। एक मौका तालिकामा तिनीहरूलाई देख्न सक्नुहुन्छ।

यी अवसरहरुको उत्तम तरिकाले उपयोगगर्ने रणनीति र मापन बिकास गर्ने।

अनुगमन

तपाईंको आफ्नो व्यापार र परियोजनाको शीर्षमा रहनुहोस्।

ककपिट

सन्तुलित स्कोर कार्डको अवधारणामा आधारित भएर तपाइले आफ्नो रणनीतिक लक्ष्य कब्जा संगै प्रमुख प्रदर्शन सूचक र लिनु पर्ने आवश्यक कार्यहरुको योजना बनाउनु हुन्छ।

अनुबंध

आफ्नो सबै वर्तमान अनुबंधको शीर्षमा रहनु होस्।

कार्यहरू

प्रभावकारी कार्य सूची साथै वर्तमान स्थिति, प्राथमिकता, सम्झाउने मिति राखेमा केहिपनि नबिर्सन मद्दत गर्छ।

सुचीपत्र

तपाईसँग भएको सरसामान, मिसिन, वाहन आदीको सरसर्ती जानकारी रक्नुहोस

प्रतिवेदन

प्रश्नहरुको आधारमा हालको आवस्था र अन्तिम प्रतिवेदन तयार पर्ने।

पाठ कागजात

अनुबंध आदि जस्ता अन्य कागजातहरूको बिस्तृत विवरण सिर्जना गर्नुहोस।

प्रभाव नमुना

एक सरलीकृत प्रभाव मोडेलले तपाईंको परियोजनाहरु मूल्याङ्कन र अधिकतम प्रयोग गर्न मद्दत गर्छ

माइनुट

तपाईंको सभाको माइनुट गर्नुहोस र अर्को कदमको लागि योजना बनाउनुहोस

गणना

कसरी गणना गर्ने सबैले जान्दछन्, तर कुन संख्यालाई थ्यान दिने?

लगानीको गणना

तपाई जीवनकालभरि केमा लगानी गर्नु हुन्छ र यसको प्रतिफलमा के प्राप्ति गर्नु हुन्छ? तपाईको बार्षिक आम्दानी कति हुन्छ र यसको निम्ति कति लागत लाग्छ? लगानीको गणनाले तपाईंलाई लगानीको फिर्ता कसरी र कहिले हुन्छ भन्ने बारेमा बताउँदछ।

व्यापार गणना

आफ्नो व्यापारको उत्पादन लागत कति हुनुपर्छ? व्यापार गणनामा खरिद मूल्य देखि लिएर ग्राहकलाई छुट दिदा परेको अप्रत्यक्ष लागत सम्मको सम्पूर्ण हिसाब समाबेश गरेको हुनुपर्छ।

मूल्य गणना

आफ्नो उत्पादनको निर्मित मूल्य कति छ? मूल्य गणनामा लागतहरु जस्तोकी सामाग्री, ज्याला, मुनाफा योजना लगायत सबै विचार पुराउनु पर्ने हुन्छ।

नगद बुक

आफ्नो आय र व्ययको हिसाब निरन्तर राक्नुहोस।

आर्थिक योजनाहरु

समय अनुसार ठिक निर्णय लिन आफ्नो आर्थिक स्थितिको जानकारी राख्नुहोस।

लगानी योजना

पहिलो बर्षको लागि कति लगानी आवश्यक पर्छ? पछिल्लो बर्षहरुमा कति चाहिन्छ? तपाई आफ्नो सम्पत्ति बिक्री गरेर कति जम्मा गर्न सक्नुहुन्छ?

तरलता योजना

तपाईंको नगद स्रोतहरू विभिन्न मौद्रिक प्रवाहहरुमा निर्भर गर्दछ l ग्राहकहरुले बिल भुक्तानी र नगदमा बिक्री गरेर नगद प्राप्त गर्नु अघिनै ज्याला तिर्न र लगानी गर्न पैसाको आवश्यकता पर्दछ। तरलता योजनले बर्ष भरिमा के-के मा कसरी नगत वितरण गर्ने बारेमा पत्ता लगाउन सहायता पुग्छ।

नाफा र नोक्सान बयान / बजेट

नाफा र नोक्सान बयानमा तपाईंले हरेक वर्षको आम्दानी र खर्चको रेकर्ड (हिसाब) साथै अन्तमा प्राप्त भएको शुद्ध लाभ र हानि हेर्न सक्नुहुन्छ।

वासलात

वासलातले बर्षको अन्तमा तपाईसँग भएको सम्पतिको जानकारी दिन्छ। आफ्नो सम्पत्ति, दायित्व र पूँजीको बारे शीर्ष जानकारीमा रहनुहोस्।

मानचित्रहरू (चार्ट)

कुनै पनि प्रकारको संख्याहरुलाई बार र पाइ चार्टमा देखाउनुहोस।

परियोजना बजेट

आफ्नो परियोजना सँग सम्बन्धित आय र व्ययको लागि ५ वर्ष बजेट सरल बनौटमा सिर्जना गर्न सक्नुहुन्छ। तपाईं चार्टमा हरेक वर्ष घटेका विभिन्न चिजहरुको अनुपात हेर्न सक्नुहुन्छ।

मानव संसाधन

कर्मचारीहरु र परियोजना साझेदारहरु व्यवसायको सबैभन्दा महत्त्वपूर्ण स्रोतहरू हुन्।

विभिन्न नमुनाहरु

कामको विवरण

रोजगार अनुबंध

रोजगारीको प्रमाणपत्र

रोजगारी नियमहरु

अन्तर्वार्ता मूल्यांकन

व्यवहारका शैलीहरू

सरल प्रश्नावलीहरुको आधारमा तपाइले कर्मचारीहरु र परियोजनाका साझेदारहरुको व्यवहार सारांश तयार पार्न सक्नुहुन्छ। तपाईंले एक सूचनात्मक चार्ट र चार आधारभूत प्रकारको एक छोटो वर्णन प्राप्त गर्नुहुन्छ। आफु सँग सम्बन्ध भएका मानिसहरुको व्यवहार शैलीहरू विश्लेषण गर्नुहोस र अझ प्रभावकारी तरिकाले कसरी व्यवहार गर्न सकिन्छ सिक्नुहोस।

अब सुरु गर्नुहोस्।

आफ्नो सफलताको लागि SCBM ले दिने फाइदा प्रयोग गर्नुहोस्